युवा संगठन संयोजकमा ओली नै असन्तुष्ट !


 


काठमाडौं,  जेठ ३

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का भातृ संगठनको एकीकरण टुंगिएको छ । भागबन्डाका आधारमा तत्कालिन एमाले र माओवादीबीच भातृ संगठनको एकीकरण गरिएको छ ।

एकीकरणपछि संगठनमा असन्तुष्टि देखिएको छ । यद्यपी नेतृत्वले निकै त्याग गरेर यसमा निर्णय गरेको थियो । युवा संगठनको संयोजक तोकिएका रामप्रसाद सापकोटा ‘दीपशिखा’को नाममा अध्यक्ष केपी ओलीले नै सहमत थिएनन् ।

विगतमा एमालेविरुद्ध अनाबश्यक रुपमा उग्र व्यवहार देखाएकाले ओलीले युवा संगठन आफुलाई दिनुपर्ने बताएका थिए । तर, प्रचण्डको अडानका कारण ओलीको असहमतिको बाबजुद उनको नाम टुंगो लागेको हो । दीपशिखाले सरकार र राष्ट्रपतिकैविरुद्ध अभिव्यक्तिहरू दिने गरेको, पार्टी निर्णय र नेतृत्वलाई लत्याउने गरेको भन्दै ओलीले अर्को नाम ल्याउन प्रचण्डलाई दबाब दिएका थिए । तर, प्रचण्डले मानेनन् ।

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्