पत्रकारहरुले भोली देशभर प्रदर्शन गर्दै


 


उर्लाबारी । नेपाल पत्रकार महासंघले शुक्रबार संसद भवन बाहिर बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध नेपाल पत्रकार महासंघले भोलि आन्दोलन गर्ने तयारी गरेको हो ।

पहिलो चरणको आन्दोलनको अन्तिम दिन मध्यान्ह १२ः०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि बृहत् प्रदर्शन गर्ने महासंघले जनाएको छ। यस्तै, जिल्लाहरुमा पनि सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी माग सुनुवाई नगरे थप आन्दोलित हुनुपर्ने परिस्थिति सिर्जना हुन सक्ने महासंघको चेतावनी छ ।

पत्रकार महासंघ मोरङको पथरी शनिश्चरे सम्पर्क कार्यालयको आयोजना र सञ्चार क्लब उर्लाबारीको समन्वयमा उर्लाबारीमा पनि पूर्वी मोरङका पत्रकारहरुले प्रदर्शन गर्ने भएका छन् ।

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्