रिनाका प्रेमी भनिएका कमल नेपाल छुटे (भिडियो)


 


मोरङ । रिनाका छोरा साइमनले विभिन्न माध्यममा आएर आमाका प्रेमी रहेको पुष्टि गरिदिए । यो पुष्टि प्रहरीले पनि गरेको थियो, कमल नेपाल पक्राउ गरी अनुसन्धानमा बयान लिने क्रममा । नेपालको संलग्नता हुन नसक्ने देखेरै १० हजार धरौटीमा उनी प्रशासनको नजरमा रहनेगरी रिहा भइसकेका छन् ।

नेपालले नै भनेका थिए,‘हो, रिना र मेरो प्रेम थियो ।’ यसबाहेक रिनाकी भाउजुले पनि यो विषयलाई खुलेर बताएका कारण पुष्टि हुने आधार छ । रिना बस्नेतको दाहसंस्कार भइसकेको छ । तर, यो प्रकरणले आधुनिक समाजको एउटा चित्र खोलेको छ, ‘मादक माया, ज्यानमारा मदिरा’का बारेमा ।

घटनाक्रमको विश्लेषण गर्दा जुन दिन रिनाको मृत्यु भएको त्यसको अधिक रातसम्म उनी कन्सर्टमा मदिरा पिएर रमाइलो गर्न पुगेकी थिइन् । उनका छोरा साइमनका अनुसार त्यसै राती घरमा आएपछि मदिरा थपिएको थियो । साइमनले मिडियामा दिएको बयान र पोष्टमार्टम रिपोर्टको तथ्य मेल खान्छ ।

अर्को, नेपालले बस्नेतसँग प्रेम रहेको स्वीकार गर्नु र अनुसन्धानका क्रममा त्यसै रात नेपालसँग टेलिफोन सम्पर्कमा लामो कुरा हुनु मादक मायाको प्रभाव थियो । उनीहरूबीच गहिरो प्रेम रहेछ जसका कारण रिना मदिरा पिएर नेपालसँग गफिन थालिन् ।

 

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्