राष्ट्रपति भण्डारी पनि हजुरआमा बनिन्


 


काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारी हजुरआमा बनेकी छन् । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुशुमले जेठ १ गते साँझ छोरी जन्माएपछि उनी हजुरआमा बनेकी हुन् ।

अभिशेक पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी किरण यादवका सुपुत्र हुन् । किरण दोस्रो संविधान सभाकी सदस्य थिइन् । कान्छी छोरीको तर्फबाट नातिनी जन्मिएपछि राष्ट्रपति भण्डारी बुधबार साँझ छोरी–नातिनी हेर्न अस्पताल पुगेकी थिइन् ।

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्