प्रदेश २ मा पनि पत्रकारलाई करोडसम्मको जरिवाना तिराउने विधेयक


 


जनकपुरधाम । मिडिया काउन्सिल विधेयकलाई लिएर देशभर पत्रकारहरु आन्दोलित भइरहेका बेला प्रदेश २ सरकारले पनि पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने गरी विधेयक ल्याएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बिहीबार सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा दर्ता गराएका छन् ।विधेयकमा पत्रकारलाई अत्याधिक जरिवाना तिराउने व्यवस्थाहरु प्रस्ताव गरिएको छ ।

विधेयकमा ‘प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने विषय’मा समाचार लेखेकोमा कसुरको मात्रा हेरेर पचास लाखदेखि एक करोडसम्म जरिवना गर्नसक्ने प्रावधान राखिएको छ ।

प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता भनेर के भन्न खोजिएको हो भन्ने प्रश्नमा प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवले गोलमटोल जवाफ दिए । प्रदेशमा पर्ने कुनै जिल्ला वा क्षेत्र यो देशकै होइन भनेर प्रचार हुन सक्ने भएकाले प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा आँच आउने गतिविधि गर्नेहरुलाई कडा दण्ड जरिवाना प्रस्ताव गरिएको उनले बताए ।

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्