कण्डमबारे केही रोचक तथ्य जान्नुहोस्


 


एजेन्सी । यौनसम्पर्कको बेला प्रयोग गरिने कण्डम कहिले आविस्कार भयो भन्ने बारेमा हामीलाई जानकारी नहुन पनि सक्छ । यसका रोचक तथ्यहरुको बारेमा हामी कम जानकार हुनसक्छौ । कण्डमको आविस्कार फ्रान्समा भएको मान्यता छ ।

अनुसन्धानदाताहरुले फ्रान्सको एउटा गुफामा कण्डम आकारको एक चित्र भेटाएका थिए । यो करिब पन्ध्र हजार वर्ष भन्दा पनि पुरानो हो । स्वीडेनमा पनि सबैभन्दा पुरानो कण्डम पाईएको छ । पहिले कण्डम पाउन निकै गार्हो हुने गर्थ्यो । अमेरिकामा डाक्टरहरुको प्रेसक्रिप्शन पछि मात्र यसलाई १९२८ देखि वेंडिंग मेशीनबाट निकालिन सकिन्थ्यो । साथै ‘सोची ओलंपिक्स’ को समयमा एथलीटहरुलाई ओलम्पिक भिलेजमा एक लाख कण्डम पुर्याइएको थियो ।

१६ औ शताब्दीमा कण्डमको आविष्कार साइफलिसको रोगलाई रोक्नको लागि गरिएको थियो । त्यस समयमा फ्रान्समा साइफलिसबाट कैयौं मानिसको मृत्यु भएको थियो । त्यसलाई रोक्न यौनसम्पर्कको समयम चिल्लो पदार्थ राखिएको साधनलाई रिवनले बाँधेर प्रयोग गरेपछि त्यो रोग सरेको थिए ।

कन्डमको इतिहास

इसापूर्व १३५० मा इजिप्ट भन्ने देशमा पुरुषहरुले आफ्नो लिङ्ग सजाउने गर्दथे । सन १५६४ मा इटाली देशमा शरीर शैल्यबिज्ञ फेलो पिग्सका अनुसार बुनेको कपडाको कण्डम प्रयोग हुन्थ्यो । १८ औ शताब्दीमा आएर कण्डमको अन्तर्राष्ट्रिय नामाकरण गरिएको थियो, जुन कण्डम आन्द्रा मुख्यतया भेंडाको आन्द्राबाट बनेको थियो । विभिन्न धार्मीक संघ, संगठनको बिरोधको बाबजुद पनि कण्डम बजारले व्यापकता पाउँदै गयो । १८ औं शताब्दीमा कण्डम विभिन्न गुणस्तर तथा आकारमा पाउन थालियो ।

कण्डम क्याफे, आौषधी पसल, रेष्टुरा, नाटकघरमा रसिया तथा सम्पूर्ण युरोपभरमा पाउन थालियो । विस्तारै कण्डमले अमेरिका प्रवेश गर्न थाल्यो । तर त्यस समयमा कण्डम उच्च वर्गको समाजको लागि मात्र सहज थियो । १९ औं शताब्दीको सुरुवाततिर पहिलो पटक गरीव समुदायमा पनि परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्न जनचेतनामूलक कार्यक्रम थालियो ।

विभिन्न राष्ट्रहरुले कानुन नै पारित गरेर कण्डम निर्माण तथा प्रयोग प्रर्वद्धनमा जोड दिन थाले । विभिन्न बाधा/ब्यबधान तोड्दै १९ औं शताब्दीको अन्त्यतिर कण्डम पश्चिमी संसारभर एउटा प्रसिद्ध परिवार नियोजनको साधनको रुपमा विकास भयो । १९ औ शताब्दीको अन्त्यतिर जर्मन सैनिकहरुले आफ्ना सैनिकहरुलाई कण्डम प्रयोग गर्न प्रोत्साहन गरे ।

यता २० औ शताब्दीको सुरुतिर अमेरिकन सैनिकमा कण्डम प्रयोगले यौन रोग संक्रमण दर ह्वात्तै घटाएर लगेको अनुसन्धानले पत्ता लगायो । सन १९२० मा आएर संसारभर कण्डमको प्रयोग दोब्बर भएर गयो ।

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्