अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आपतकालीन अवस्था घोषणा


 


अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपतकालीन अवस्था घोषणा गरेका छन् । अमेरिकाको कम्प्युटर नेटवर्कलाई सुरक्षित राख्न भन्दै राष्ट्रपति ट्रम्पले आपतकाल घोषणा गरेका हुन् ।

उनले अमेरिकी कम्पनीले विदेशी टेलिकमको सेवा प्रयोग गर्न नपाउने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका गरेका हुन । विदेशी टेलिकम कम्पनीको सेवावाट देशमा सुरक्षामा जोखिम बढने ट्रम्पको भनाई छ । ट्रम्पको निर्देशन चीनको टेलिकम्युनिकेशन कम्पनी हुवावेतर्फ लक्षित रहेको छ ।

तर निर्देशनमा भने कुनै पनि कम्पनीको नाम उल्लेख छैन । अमेरिका सहितका देशहरुले हुवावेका उत्पादनहरु चीनको अवैध निगरानीका लागि प्रयोग हुनसक्ने भन्दै आशंका जनाउदै आएका छन् । तर हुवावेले भने आफ्ना उत्पादनले कुनै पनि चुनौती पैदा नगर्ने दावी गर्दै आएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्