झापाको कनकाई पुलमा बम राख्ने पक्राउ


 


इटहरी । झापाको कनकाई पुलमा गत बैशाख २९ गते बम राखेर आतंक श्रृजना गरेको आशंकामा इटहरीबाट दुईजना पक्राउ परेका छन् । प्रदेश १ प्रहरी कार्यालयको रिजनल इन्भेष्टीगेसन टिम (रिट) र झापा प्रहरीको टोलीले उनिहरुलाई इटहरी चौक आसपासबाट दिउसो पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय झापा लगिएको प्रहरी स्रोतले जनाएको छ । उनिहरुको बिषयमा अनुसन्धान भइरहेको बताइएको छ । कनकाई पुलमा बमसगै गोर्खा नेपाल जनमुक्ति सेनाको पर्चा भेटिएको थियो ।

पक्राउ परेकाहरु यसै समुहमा आबद्ध भएको हुनसक्ने अनुमान गरिएको छ ।तर पुलमा भेटिएको बम नभई आतंक श्रृजना गर्नलाई प्रेसर कुकरमा माटो र धाराको पाईप भरेर राखेको प्रहरीको भनाई थियो ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्