“उत्तर दिन नसक्ने मन्त्री यादवले तत्काल राजीनामा दिनुपर्छ”


 


काठमाण्डौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग एभिन्युजका पत्रकार सुशिल पाण्डेले आइतवार लिएको अन्तरवार्ता सोमबारदेखि सामाजिक सन्जालमा भाईरल बनेको छ ।

केहिले उक्त अन्तर्वार्तामा पत्रकार पाण्डेले अशिष्ट तरिकाले प्रस्तुत भएको भन्दै आलोचना गरेका छन् भने कसैले स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अन्तर्वार्तामा सोधिएको प्रश्नको उत्तर दिन नसकेर स्टुडियोबाट भागेको विश्लेषण गरिरहेका छन् ।

पक्ष र विपक्षमा सामाजिक सञ्जालमा चलिरहेको बहस सेलाउन नपाउदै एक जना बरिष्ठ अधिवक्ताले जनताको प्रश्नको जवाफ दिन नसक्ने मन्त्रीले पद नै त्याग्नुपर्ने बताएका छन् एभिन्युज बाट प्रसारित हुने ‘सकस राजनीति’ कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यस्तो बताएका हुन ।

वाइड बडीलगायतका भ्रष्ट्राचारका विषयमा अहिले आम नेपालीले प्रश्न उठाइरहेको बेला मिडियाले त्याशी प्रश्नको उत्तर सरकारको जिम्मेवार व्यक्ति अर्थात् उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवलाई सोधिएको भन्दै त्यसको उत्तर उनले दिनैपर्ने बताए ।

‘तपाई वाइडबडीको कुरा उठाउनुभयो । राष्ट्रका हरेक नागरकिको दिमागमा त्यो प्रश्न उठिरहेको छ र मिडिया त्यो प्रश्न सोध्ने अधिकार मिडियासँग छ’ उनले भने – ‘ उहाँले त्यो प्रश्नको जवाफ दिनैपर्छ । हैन भने कुर्सी छोड्नुपर्छ ।’

नेपाली नागरिकलाई संविधानले नै सूचनाको हक प्रदान गरेको स्मरण गराउदै उनले अगाडि थपे( ‘पिपुल्सलाई संविधानले नै के भन्याछ भने राइट टु इन्फर्मेसन भन्या छ । त्यो हरेक सार्वजनिक विषयमा प्रश्नहरु उठिरहेका छन् त्यसको जवाफ दिनैपर्छ ।’

उनले यदि कुनै मन्त्री अथवा नेतालाई मिडियाले सार्वजनिक विषयको प्रश्न सोधिसकेको अवस्थामा उत्तर दिन नसके लोकतान्त्रिक समाजमा त्यस्तो मन्त्री फिट नहुने टिप्पणी गरे ।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्