अमेरिकामा पीएचडी गरेका तर धान र गहुँ छुट्याउन नसक्नेलाई काँग्रेसले अर्थमन्त्री बनाउंदा देश बिग्रियो


 


काठमाडौंनेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिले विगतमा आफ्नो पाटीले गलत व्यक्तिलाई अर्थमन्त्री बनाइ नेपालको अर्थतन्त्र विगारेको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गिरिले पिएचडी गरेका तर धान र गहुँको फरक नजान्ने व्यक्तिलाई अर्थमन्त्री बनाएर नेपाली कांग्रेसले गल्ती गरेको भन्दै तत्कालीन नेतृत्वको आलोचना गरे ।

अर्थमन्त्रीको विशेषज्ञताबारे धारणा राख्दै गिरिले भने–‘पीएचडी गरेका, विदेश पढेर आएका तर नेपालको हकमा चाहीँ गहुँ र धानको फरक छुट्याउन नसक्ने, नेपालका हकमा प्याजलाई पानी चाहिन्छ कि चाँहिदैन आलुलाई पानी चाहिन्छ की चाहिँदैन यो कुरा भन्न नसक्ने हाम्रा सरकारका पालामा मन्त्री भए
उनले वीपीले युरोप, अमेरिकाको अर्थतन्त्रको मोडल नेपालमा उपयुक्त नभएको स्पष्ट पारे पनि कांग्रेसका नेताले सकभर अमिरिकामा र जर्मनीमा पिएचडी गरेको व्यक्ति खोजेर अर्थमन्त्री बनाउनु गल्ती भएको बताए। विपीको सिद्धान्तलाई वेवास्ता गरी कांग्रेसकै प्रधानमन्त्रीले नेपालमा तथाकथित आधुनिकीकरण, तथाकथित विकास, तथाकथित वृद्धिदर जस्ता अंग्रेजी सिद्धान्त भित्र्याइएको उनले आरोप लगाए ।

अर्थमन्त्रीलाई सुझाव दिँदै नेता गिरिले नेपालको आर्थिक मोडल नेपालका लागि सुहाउँदो बनाउन आग्रह गरे । सामाजिक न्याय र आर्थिक वृद्धिदर भन्ने कुरा विपरित कुरा भएकाले एकतिर मात्रै लाग्न उनले अर्थमन्त्रीलाई आग्रह गरे। नेपालले संसारमा चलिरहेको भन्दा फरक धाराको दिगो अर्थव्यवस्था विकास गर्नुपर्ने धारणा गिरिले व्यक्त गरे ।संसारमा जुन धारा चलिरहेको छ, नेपालले वैकल्पिक धारा ल्यायो, दिगो अर्थव्यवस्थाको बाटो देखायो भने नेपाल तेस्रो विश्वको लागि उदारण बन्छ गिरिले भने।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्