ऋषि धमलाको कार्यक्रममा फेरि नेताहरुबीच तनाव (भिडियोसहित)


 


काठमाडौं। सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुबीच बाझाबाझ गरेको एउटा काण्ड सेलाउन नपाउँदै फेरि अर्को काण्ड दोहोरिएको छ ।प्राईम टाईम्स टेलिभिजनमा “जनता जान्न चाहन्छन्” कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपाका नेता सुमनराज प्याकुरेल र नेपाली कांग्रेसका नेता महेन्द्र यादवबीच बाझाबाझपछि हात हालाहालको स्थिति सिर्जना भएको छ ।

यसअघि प्राइम टिभीबाट प्रशारण भएको धमलाको कार्यक्रममा नेकपाका सत्यनारायण मण्डल र कांग्रेसका रामकृष्ण यादवबीच तनाव भएको थियो । संयोग कस्तो भने यस अघिको अन्तर्वार्तामा मण्डल सप्तरीका सांसद थिए भने रामकृष्ण यादव धनुषाका नेता हुन् ।

यो कार्यक्रममा प्याकुरेल सप्तरीबाट प्रतिनिधित्व गर्छन् भने महेन्द्र यादव धनुषाबाट । मण्डल र प्याकुरेल सांसद हुन् । तर, कांग्रेसका नेताद्धय रामृष्ण र महेन्द्र यसपटकको निर्वाचनमा पराजित भएका थिए । तर, दुवै नेता मन्त्रीहरु भैसकेका छन् । हुन त मण्डल पनि मन्त्री भैसकेका नेता हुन् ।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्