इटाभट्टामा काम गर्ने युवतीलाई बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ


 


ओखलढुंगा । बलात्कारको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिका ३ का वडासदस्य विष्णु श्रेष्ठ पक्राउ परेका छन्। लामो समय देखी फरारको सूचिमा रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सोममबार ओखलढुङ्गाबाट पक्राउ गरेको हो।

लिखु गाउँपालिका–३ बाट निर्वाचित वडा सदस्य श्रेष्ठविरुद्ध बलात्कारको आरोप लागेको थियो। स्थानीय एक युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उनीविरुद्ध उजुरी दर्ता भएको थियो।

निर्वाचित वडा सदस्य श्रेष्ठ आफैले सञ्चालन गरेको इटाभट्टामा कामगर्ने कामदार युवतीलाई कारखानामा नै चैत ७ गते बलात्कार गरेको उजुरी चैत ९ गते परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। पीडित युवती आफैंले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता गरेकी थिइन्।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्