इरानसँगको तनावले भड्कियो अमेरिका, तेल बोकेका दुई साउदी जहाज ध्वस्त


 


वासिङ्गटन अमेरिका र इरानबीच बढिरहेको तनावकाबीच साउदी अरबले ठुलो क्षति ब्यहोर्नु परेको छ। समाचार अनुसार संयुक्त अरब एमिरेट्सको अपतटीय क्षेत्र फुजैरामा साउदी अरबका दुई तेलका ट्यांकरमा हमला भएको छ। तर अहिलेसम्म यो हमला कसले गर्‍यो भन्‍ने पत्तो एमिरेट्सले लगाउन सकेको छैन ।

यो हमलाको कसैले पनि जिम्मेवारी लिइसकेको छैन। साउदी अरबका ऊर्जामन्त्री खालिद अल फलिहका अनुसार आफ्ना दुई तेलका जहाजमा ठुलो क्षति पुगेको छ। फलिहले तेल बोकेका दुवै जहाजले अबर सागर पार गरिरहेका बेला हमला भएको हो। यो हमलामा अमेरिकाको संलग्नता रहेको आशंका गरिएको छ। अमेरिकाले यसअघि नै इरानसँगको बढ्दो तनावलाई लिएर इरान क्षेत्रमा समुद्री यातायातलाई निशाना बनाउन सक्ने चेतावनी दिएको थियो।

यसै चेतावनीको पृष्ठभूमिमा सामुद्रिक जहाजमाथि हमलाको समाचार आएको हो। इराले भने यस हमलाको निष्पक्ष जाँच हुनुपर्ने माग गरेको छ। इरानसँग तनाव चुलिँदै गएपछि अमेरिकाले फारसको खाडीमा एक युद्धपोत, बी-२ बमवर्षक विमान, प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गरिसकेको छ। जानकारका अनुसार अमेरिका इरानमाथि मनोवैज्ञानिक दबाव बढाउनका लागि यस्तो गरिरहेको छ।

दुवै देशको सम्बन्ध २०१५ यता सबैभन्दा खतरनाक बिन्दुमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग २०१५ मा भएको परमाणु सन्धि तोडेसँगै तनाव चुलिएको छ। त्यसपछि अमेरिकाले इरानमाथि पुन: सबै किसिमको प्रतिबन्ध लगाएको छ। यस विवादपछि अमेरिकाले आठ देशलाई इरानको तेल खरिद बन्द गर्न चेतावनी दिएको थियो।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्