यौन व्यवसायमा संलग्न एक सय २५ जना पक्राउ


 


काठमाडौं । नेपाल प्रहरीले काठमाडौंका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १ सय २५ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अनैतिक क्रियाकलाप हुने ठाउँलाई मध्यनजर राख्दै प्रहरीले उक्त क्षेत्रमा छापा मारेको जानकारी दिए । उनले भने, ‘काठमाडौंमा हुने अनैतिक क्रियाकलापलाई रोक्नका लागि प्रहरीले उक्त अभियान सञ्चालन गरेको हो ।’

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्