“मोरङका गिरिजाप्रसाद कोईराला र मदन भण्डारी मार्ग निर्माण रोकियो”


 


काठमाडौं । नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न सरकारलाई सुझाव दिएका छन। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुदै रिजालले बजेट तर्जुमा गर्दा राजनीतिक पूर्वाग्रहबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन।

वामपक्षीय आधारमा आउने बजेटले समग्र रूपमा मुलुकको विकास गर्न नसक्ने भन्दै रिजालले संशोधन गर्न अर्थमन्त्री डा युवराज खतिवडाको ध्यानाकर्षण गराएका छन्। विगतमा जस्तै अहिले पनि राजनीति र दलीय भावनाले सिद्धान्त र प्राथमिकतालाई धकेल्ने काम भएको टिप्पणी रिजालको टिप्पणी थियो। विगतमा योजना गए पनि बजेट नपठाउने काम भएको भन्दै रिजालले राजनीतिबाट माथि उठेर सिद्धान्त र प्राथमिकता निर्धारण नभएसम्म विकास र सम्मृद्धि सम्भव नभएको तर्क गरे।

उनले प्रतिपक्षी दलका सांसद जितेका ठाउँमा मन्त्रालयले बजेट नपठाएको आरोप लगाएका थिए। हस्तान्तरण गर्दा खेरी योजना त गयो रुपैयाँ जिरो गयो। काम हुन सकेन। दुईटा मार्गको नाम एउटाको नाम सायद मन नपर्ने हुनसक्छु, रिजालले भने, मेरो क्षेत्रमा दुईवटा मार्ग छन्। एउटा गिरिजाप्रसाद कोइराला मार्ग र अर्को मदन भण्डारी मार्ग थियो तर कांग्रेस सांसद जित्या ठाउँ भएको हुनाले मदनभण्डारी मार्ग पनि नबन्ने भो, गिरिजाप्रसाद कोइराला मार्ग पनि नबन्ने भो। यति ठुलो राजनीति पूर्वाग्रहबाट सहकार्यको बाटो, एकताको बाटो, नेपालको विकासको बाटोमा जान सकिँदैन। भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने सरकारका अगाडि दैनिक भ्रष्टाचारका घटना सार्वजनिक भइरहेको भन्दै रिजालले व्यंग्य गरेका थिए।

सांसद् रिजाल मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । सांसद् रिजालले संसद्मा आफ्नो निर्वाचन क्षेत्रका विषयमा कुरा राखेपनी केही काम गर्न नसकेको गुनाशो तिब्र रुपमा उठ्न थालेको छ । निर्वाचनमा जनतासामु गरेका बाचा रिजालले पुरा गर्न नसकेको स्थानीयबासी बताउँछन् ।

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्