एभिन्यूजका कार्यक्रम संचालक पाण्डेलाई ज्यान मार्ने धम्की


 


काठमाण्डौँ । एभिन्यूज खबरको ‘सकस राजनीति‘ कार्यक्रमका सञ्चालक सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ । आफूलाई समाजवादी नेपालका कार्यकर्ता भन्दै ९८५१००५१८० नम्बरबाट ज्यान मार्ने धम्की आएको उनले बताएका छन् ।

यस्तै एभिन्युज खबरको वीरगञ्जस्थित ब्युरो कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ । कार्यालयमा कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन् । उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज खबरले सकस राजनीति कार्यक्रममा लिएको अन्तर्वार्ता आइतबार प्रसारण भएको थियो।

अन्तर्वार्तामा सकस राजनीतिका प्रस्तोता सुशील पाण्डेले सोधेको प्रश्नको उत्तर नदिई यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्केका थिए । सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । एभिन्युजबाट

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्