मुख्यमन्त्रीको सम्पर्क कार्यालय र यातायात कार्यालयको उद्घाटन


 


धनकुटा बैसाख २९

१ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राइले प्रदेशको राजधानी विराटगरलाई तोक्नु आफ्नो बाध्यता भएको बताउनु भएको छ । धनकुटालाई पुरानै ऐतिहासिक प्रशासन केन्द्रको रुपमा स्थापना गर्न आफुले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।

मुलुक संघियतामा गईसकेको र गाउ गाउमा सिंहदरबार सरकारको नीति भएको बताउदै मुख्यमन्त्री राईले धनकुटेली जनताले सबै कुराहरु आफुले मात्र चाहनु समय सुहाउदो नहुने बताउनु भयो । मुख्यमन्त्रीको सम्पर्क कार्यालय र यातायात व्यवस्था सेवा कार्यलय धनकुटाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो ।

आधुनिक तथा दिगो ढङ्गवाट विकास निर्माणका कार्य सञ्चालन गर्न नसके विकास र सम्बृद्धिका कुरा नारामा मात्र सिमित हुने उहाँको भनाई छ । पहिलेको क्षेत्रिय प्रशासन कार्यालयलाई मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा पुरानो स्वास्थ्य तालिम केन्द्रमा यातायातको कार्यालय उदघाटन गरिएको छ ।

सम्पर्क कार्यलयमा मुख्य मन्त्री धनकुटा आउदा रहने तथा आवश्यक परेको खण्डमा मन्त्री परिसद्को बैठक समेत सञ्चालन गरिने जनाइएको छ । यातायात कार्यलय भने धनकुटा सहित तेह्थुम भोजपुर र संखुवासभा जिल्ला हेर्ने गरि स्थापना गरिएको हो ।

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्