काँग्रेसका प्रबक्ताले मच्चाए यस्तो काण्ड !


 


काठमाडौँ । नेपाली काँग्रेस अछामका सहसचिव एवम् प्रवक्ता बेदप्रकाश तिमिल्सिनाले पूर्वाधार विकास कार्यालय साँफेबगरका निमित्त प्रमुख इन्जिनियर जंग बहादुर थापालाई ज्यान मार्ने धम्कीसहित अश्लिल गाली गरेको अडियो सार्वजनिक भएको छ ।

दुई कार्यकाल पत्रकार महासङ्घ अछामको अध्यक्ष भइसकेका उनी पछिल्लो समय काँग्रेसमा सक्रिय छन् । काँग्रेस अछामका सहसचिव एवम् जिल्ला समन्वय समितितका सदस्य समेत रहेका तिमिल्सिनाले इन्जिनियर थापालाई काट्ने धम्की मात्र दिएका छैनन् पटक पटक फोन रेकर्ड पनि चुनौती दिएका छन् । साथै, नेकपाका सुदूरपश्चिम प्रदेश सचेतक एवं प्रदेश सभा सदस्य अक्कल बहादुर रावललाई समेत चरित्र हत्या हुनेगरि गालीगलौज गरेका छन् ।

उनले आफूले भने बमोजिमका काम नगरेको भन्दै इन्जिनियरलाई थापालाई तथानाम गालिगलौज गरेको अडियोबाट प्रष्ट हुन्छ । उनी पञ्चदेवल नगरपालिका वडा नम्बर १ बाट वडा सदस्यमा बिजय भएर जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित भएका हुन् । साभार : दैनिक नेपालबाट

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्