नेपालमा जुनसुकै समयमा भूकम्प जाने भएकाले सचेत भई पूर्व तयारीमा लाग्न सुझाब


 


काठमाण्डौँ ।  गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरूले औँल्याएका छन् ।

स्वदेशी र विदेशी विज्ञहरूले यसबारे राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय ‘जर्नल’हरूमा आफ्ना अध्ययनको सारका आधारमा लेख प्रकाशन गर्दै नेपालीहरूलाई सचेत भई पूर्व तयारीमा लाग्न सुझाएका छन् । गोरखा भूकम्पपछि नेपालमा अर्को सम्भावित भूकम्पीय जोखिम के कति छ भन्नेबारे उनीहरू मन्थन गरिरहेका छन् ।

नेपालसहित जापान, संयुक्त राज्य अमेरिका र चिनियाँ भूगर्भविद्को टोलीको अध्ययनले गोरखा भूकम्पपछिको दरार भावर र चुरेको सिमानाबाट १०० किलोमिटर उत्तर सीमामा पर्ने काठमाडौं दक्षिणी क्षेत्र (चन्द्रागिरि) मा आएर अड्किएको देखाएको छ। विसं २०७२ को भूकम्पपछि नेपालका सुधीर रजौरे, मुकुन्द भट्टराई, केन्द्रका प्रमुख लोकविजय अधिकारीले विद्यावारिधि अध्ययन गरिरहनुभएको छ ।

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्