प्रेस स्वतन्त्रतामाथि ‘कु’ गर्ने मिडिया काउन्सिल विधेयक कांग्रेसले फिर्ता गराउँछ


 


काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथि सरकारले कु गर्न खोजेको बताएका छन । आइतबार पत्रकार सम्मेलन गरी सभापति देउवाले मिडिया काउन्सिलसन्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथि नै कू भएको बताए । उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप कांग्रेसका लागि स्वीकार्य नहुने भन्दै विधेयक फिर्ता गराउने बताए । उनले विधेयक पत्रकार र प्रेस स्वतन्त्रतामाथिकै कू भएको बताए ।

फाइल फोटो ।
समाचार लेख्ने क्रममा पत्रकारबाट त्रुटी हुँदा हाल प्रेस काउन्सिलले विधि प्रक्रिया र आचारसंहिताको हेक्का गराउँदै आएको भन्दै कांग्रेसले नयाँ विधेयकमा सोजै जरिवाना तय गर्नु न्यायोचित र काउन्सिलको विश्वब्यापी स्थापित परम्परा विपरीत भएको बताएको छ । उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक नेपालको संविधानको प्रस्तावनाकै शब्द, भावना र मर्मको प्रतिकुल रहेको बताए ।

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्