प्रदेश २ मा सोमबार सार्वजनिक बिदा


 


जनकपुरधाम । प्रदेश २ सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । जानकी नवमीको अवसरमा प्रदेश २ सरकारले सोमबार प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जानकी नवमी अर्थात् जानकीको जन्मोत्सवलाई भव्य तथा हर्षोल्लास पूर्वक मनाउनका लागि प्रदेश २ सरकारले बैशाख ३० गते सार्वजनिक बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।

१५ दिने जानकी नवमी समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ । महोत्सवमा धार्मिक प्रवचन, सांस्कृतिक प्रदर्शनी, रामायाण मेला, मंगलधुन, रामायणमा आधारित हाजिरीजवाफ फ्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिँदैछ ।

जानकीको जन्म वैशाख शुक्लपक्षको नवमी तिथि मध्याह्नमा भएको धर्मशास्त्रहरूमा उल्लेख छ ।

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्