प्रधानमन्त्रीमाथि सुजता कोईरालाको यस्तो आरोप


 


काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयतालाई नियन्त्रण गर्ने खोजेको आरोप लगाएकी छन् । आइतबार प्रतिनिधिसभामा बजेटका सिद्धान्त र प्राथमिकतामा आफ्ना धारणा राख्दै कोइरालाले सरकारले संघीयतालाई नियन्त्रण गर्न खोजेको आरोप लगाएकी हुन् ।

उनले भनिन्, ‘संघीयतालाई नियन्त्रण गर्न खोजेको महसुस हुन्छ । संघको नियन्त्रण यथावत राखेको देखिन्छ ।’ बजेटको प्राथमिकतामा कृषिमा पूर्वाधार तय नगरिएको बताए । बजेटमा राजनीतिक नेतृत्व भन्दा पनि कर्मचारी हाबी भएको कोइरालाको भनाइ थियो ।

उनले बजेट प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिइन् । कतिपय अवस्थामा बजेटका प्राथमिकतामा विगतकै निरन्तरता पाइएको कोइरालाको धारणा छ । २० लाख पर्यटक भित्र्याउन प्राथमिकता दिने कृषि उत्पापदन वृद्धि र सबै साक्षर बनाउने आधार बजेटको प्राथमिकतामा झल्केको नदेखिएको कोइरालाको भनाइ थियो ।

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्