संघीयता खारेज गर्न माग गर्दै जनमुक्ति मोर्चाले बम राखेको खुलाशा


 


झापा । झापाको कन्काई नदीको पुलमा शंकास्पद बस्तु गोर्खा नेपाल जनमुक्ति मोर्चाले राखेको खुलेको छ । सुगौली सन्धि मार्फत नेपालले गुमाएको भूमि फिर्ता हुनु पर्ने, २०४६ सालदेखि अहिलेसम्म विदेशीलाई दिएको अंगिकृत नागरिकता खारेज हुनु पर्ने, संघीयता खारेज हुनु पर्ने, भ्रष्टाचारिलाई कारवाही हुनु पर्ने तथा निशुल्क शिक्षा तथा स्वास्थ्य उपचारको व्यवस्था हुनु पर्ने मागसहितको सो मोर्चाको पर्चा भेटिएको हो ।

शंकास्पद बम देखिएपछि सुरक्षाका कारण कनकाई पुल वारी पारी दुई घण्टासम्म सवारी साधन रोकिएका थिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो बस्तुलाई निष्क्रिय पारेको छ।

 

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्