झापाको कन्काई नदीको पुलमा भेटिएको प्रेसर कुकर बम डिस्पोज


 


झापा, बैशाख २९

झापाको कन्काई नदीको पुलमा भेटिएको प्रेसर कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने पुलमाथि आज बिहान शंकास्पद बस्तु फेला परेपछि आज बिहान साढे ५ बजेदेखी राजमार्ग अवरुद्ध भएको थियो ।

नेपाली सेनाको श्रीनाथगण चारआलीको बम डिस्पोजल टोलीले बमलाई डिस्पोज गरेपछी बिहान साढे ८ बजेबाट राजमार्ग खुलेको त्यहाँबाट पत्रकार बिनोद सापकोटाले जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्धका हुँदा सयौंको संख्यामा यातायातका सवारीसाधन रोकिएका थिए । कनकाई नगरपालिका–२ स्थित कनकाई पुलको दायाँतर्फ तारले बेरिएका अवस्थामा प्रेसर कुकर बम राखिएको थियो ।

मर्निङवाकमा निस्किएका मानिसले पुलमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बम कस्ले राख्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्