धादिङमा वडा कार्यालय पुग्नै तीन दिन हिड्नु पर्ने बाध्यता


 


धादिङ । राणा शाषन गयो । राजाको शासन गयो । गणतन्त्र आयो । हामी नेवेरबासीको चाहिँ राणा र राजाकै पालाको जस्तो सास्ती खेप्दैमा जिन्दगी जानेभो ।’ यो दुःखेसो हो, उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ५ नेवेरगाउँका ९साविक लापा गाविस ३० नोर्सिङ लामाको । नोर्सिङ लामासहित नेवेरबासीले २०४६ सालदेखि भएको विभिन्न राजनीतिक परिवर्तनपछि चुनावमा एक दिन पैदद हिँडेर मतदान गरे ।

उनीहरुलाई गाउँमा विकास परिवर्तन र सुखसुविधाको तीव्र आस थियो । तर विकास निर्माण त परको कुरा, वडा कार्यालयको सामान्य सेवा लिन पनि तीन दिन लाग्ने भएपछि नेवेरबासी सधै सास्ती खेप्न बाध्य छन् । नेवेरबासीको मतदान केन्द्र पनि उही वडा कार्यालय भएका कारण जहिले पनि चुनावका बेला मतदान गर्न अघिल्लो दिन नै मतदान केन्द्र आसपासका गाउँमा गएर बस्नु पर्छ । यो समाचार अाजकाे अन्नपुर्ण पाेस्ट दैनिकमा छ ।

प्रकाशित मिति: २८ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्