जननिर्वाचित उद्यमी जनप्रतिनिधि सिमा परियार


 


मुगु । छायानाथ रारा नगरपालिका–१ छत्तेलवाडा गाउँकी सिमा परियार जननिर्वाचित जनप्रतिनिधि हुन् । उनी छायानाथ रारा नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित भई जनप्रतिनिधिको रूपमा काम गर्दै आएकी छन् । स्थानीय तहको निर्वाचनबाट वडा सदस्य निर्वाचित भएकी उनी पछि कार्यपालिका सदस्यमा समेत निर्वाचित भएकी थिइन् ।

सिमा जनप्रतिनिधिमा मात्र सीमित भएकी छैनन, उनले सिलाइकटाइ उद्यम पनि सञ्चालन गरेकी छन् । नियमित रूपमा कार्यपालिकाको काम, वडाको काममा सक्रिय हुने उनी बिहान बेलुकाको फुर्सदिलो समयमा सिलाइकटाइ गरेर पनि सफल उद्यमी बन्न पुगेकी छन् । उनी स्थानीयका विभिन्न समस्या समाधानदेखि विकास निर्माणका काममा उत्तिकै सक्रिय छन् । तैपनि गरिरहेको पेसालाई किन छोड्न भन्ने मान्यताले सिलाइकटाइ व्यवसाय र जनताको कामलाई सँगसँगै अगाडि बढाएको उनको भनाइ छ । स्थानीय जनताले सिमालाई भोट दिएर जिताएका छन् । त्यसैले उनीहरूको काममा पनि समय दिँदै आइरहेकी छु । गाउँमा हुने विकास निर्माणका काममा पनि समय दिनै प¥यो,’ उनले भनिन्, ‘फुर्सदको समयमा सिलाइकटाइ व्यवसाय पनि गरेकी छु । जसले मलाई आत्मनिर्भर बनाएको छ’, उनले भनिन् ।

सुरुसुरुमा सिलाइकटाइ गर्दा अनेकाँै समस्या र चुनौती खेप्नुपरेको सिमाको भनाइ छ । महिला भएर यो पेसामा आबद्ध हुनु चुनौतीपूर्ण नै थियो । महिला मान्छेले यो व्यवसाय गर्दा होच्याउने, गिज्जाउने परम्पराले जो कोही पनि सजिलै यो पेसामा आबद्ध हुन मुस्किल थियो । विवाह नगर्दै आत्मनिर्भर बन्ने उद्देश्यका साथ यो पेसामा लागेको र चुनौतीका बाबजुत सफल उद्यम बन्न सफल भएको सिमाको भनाइ छ । यो पेसामा नै आफ्नो जीवन साकार बनेको र अझै बनाउने परियारको भनाइ छ ।

सिलाइकटाइ व्यवसायबाट मासिक २० हजारसम्म आम्दानी हुने गरेको सिमा परियारले बताइन् । उनले भनिन्, ‘विशेष लेडिजका विभिन्न डिजाइनका कपडा सिलाउँछु । हिसाब गर्दा महिनामा २० हजारभन्दामाथि नै आम्दानी हुने गरेको छ । जनप्रनिनिधि नहुँदा पनि यो सिलाइकटाइ व्यवसाय गर्दै आएको १२ वर्ष भएको बताउँदै सिमाले गरेको कामलाई बिर्सन नसकिने बताए । पहिला बेरोजगारीसँगै खान लाउन अनेकौँ समस्या हुने समयमा सिकेको पेसालाई अहिले जनप्रनिधि भइयो भन्दै छोड्न नसकेको सिमाको भनाइ छ ।

सिलाइकटाइ पेसामा लागेर अहिलेसम्म १० जना महिलालाई आपूmले सिलाइकटाइ तालिम दिइएको सिमा बताउँछिन् । सिक्न चाहने जो कोहीलाई निःशुल्क सिकाउने गरेको उनको भनाइ छ । १२ वर्षदेखि यो पेसामा आबद्ध छु । उनले भनिन्, ‘यो सिलाइकटाइ पेसा जीविकोपार्जन गर्ने गतिलो माध्यम हो । त्यसैले बेरोजगार महिला जो कोही आए पनि निःशुल्क तालिमा दिइने र दिँदै आएको सिमाको भनाइ छ ।

आपूmले कार्यपालिका सदस्य भएर ११ हजार तलब पाएको छु । तर, जनप्रतिनिधि भएर तलब खानु सरासर गलत भएको सिमाको भनाइ छ । जनताको सेवा गराँैला सुखदुःखमा साथ दिउँला भनेर निवार्चनमा होमिएकी हुँ । तलब खाउला भनेर होइन । त्यसले अहिले जनप्रनिधिलाई तलब दिइएको छ । त्यो गलत भएको उनको भनाइ छ ।

प्रकाशित मिति: २८ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्