मिडिया विरोधी विधेयक फिर्ता लिनुपर्छ : कांग्रेसका नेता महत


 


सिरहा : नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले मिडियामाथि अङ्कुश लगाउने उद्देश्यले संसदमा लगिएको विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्।

कांग्रेसले थालेका देशव्यापी जागरण अभियानको क्रममा सिरहा आएका नेता डा. महतले शुक्रबार पत्रकार भेटघाट यस्तो बताएका हुन्। अब स्वतन्त्र प्रेस पनि ‘स्वतन्त्र’ रहेन भने यो देशमा लोकतन्त्र रहला र ? उनले प्रश्न गरे।

उनले अहिलेको सरकार अधिनायकवादतर्फ लम्किरहेकाले यसलाई रोक्न नेपाली कांग्रेसले गाउँगाउँमा पुगेर जनतालाई जागृत गराउने उद्देश्यले जागरण अभियान सुरु गरेको उनको भनाइ छ।

प्रकाशित मिति: २८ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्