बिदेशिएका पुरुषका श्रीमतीहरुलाई आत्मरक्षा तालिम


 


पाँचथर । जिल्लाको दक्षिण क्षेत्र कुम्मायक गाउंपालिकाको आयोजनामा रोजगारमा गएका पुरुषका श्रीमतीहरुलाई कुम्मायक वडा २ माङ्गजाबुङ्गमा तिनदिने आत्मरक्षा तालिम प्रदान गरिएको छ । बैदेशिक रोजगारमा श्रीमान गएपछि पारिवारिक विखण्डन भई बालबालिकाको विचल्ली साथै आर्थिक आम्दानी समेत सम्पूर्ण खर्च गर्ने अवस्थालाई कम गर्नको लागि तालिमको आयोजना गरिएको हो ।

बुधबार सम्पन्न तालिममा यौन व्यवस्थापनको बारेमा समेत जानकारी गरार्ईएको थियो । बैदेशिक रोजगारमा श्रीमानहरु गएपछि समाजमा महिलाहरुलाई हेर्ने दृष्टिमा परिवर्तन भएको छ ।

विदेशेका श्रीमती भनि हेयको दृष्टिले हेरिने, विभिन्न सहयोगको बाहानामा नजिक हुन खोज्ने र महिला हिंसाको घटनाहरु समाजमा हुने गरेकाले महिलाहरुलाई आत्मरक्षाको लागि के के सावधानी अपनाएमा हिंसा पर्नबाट बच्न सकिन्छ भनि तालिममा जानकारी गराईएको थियो ।

प्रकाशित मिति: २८ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्