मोदीलाई टाइम म्यागेजिनले ‘डिभाइडर इन चिफ’ भनेपछिको हल्लीखल्ली


 


नयाँ दिल्ली । अमेरिकी म्यागेजिन टाइमले ‘इण्डियाज डिभाइडर इन चिफ’ लेखिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसहितको आफ्नो कभर ट्विटरमार्फत सार्वजनिक गरेपछि भारतमा हल्लीखल्ली मच्चिएको छ ।

ट्विटरमा धेरैले मोदी शक्तिशाली भएकोले अरुकोपछि नलाग्दा यसो भनिएको भन्दै यसलाई अन्यथा रुपमा लिन नहुने बताएका छन् भने केहीले मोदीले विभाजनको अवस्था ल्याएको भन्दै सो कभरलाई राम्रो भनेका छन् ।

ad ad ad
भारतमा लोकसभा निर्वाचनको मत परिणाम मे २३मा आउँदैछ भने मोदीको कभर राखेको टाइम म्यागेजिनको नयाँ अंक त्यसको तीन दिन अघि अर्थात् २० तारेखमा निस्कने जनाइएको छ । (बीबीसी)

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्