खेल्दा खेल्दै खेलौना निलिन्, टिभी नायकका दुई वर्षे छोरीको मृत्यु


 


आजकाल ‘प्यारका पापड’ मा नन्दु गुप्ताको भूमिका निभाइरहेका नायका प्रतिश बोराकी दुई वर्षीया छोरीको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार बुधबार राती प्रतिशकी छोरी राजकोट, गुजरातस्थित आफ्नो घरमा खेलौनासँग खेलिरहेकी थिइन् । यतिबेल उनले खेलौनाको टुक्रा मुखमा हालिन् जुन उनको घाँटीमा गएर अड्कियो । सास फेर्न नसकेपछि उनको मृत्यु भयो । बिहिबार प्रतिश कार्यक्रमको सुटिङकाे तयारीमा थिए तर छोरीको मृत्युको खबर पाएपछि उनी सुटिङ रद्द गरेर राजकोट गए ।

उनकी छोरीको मृत्युको पुष्टि प्यारका पापडको सेटसँग सम्बन्धित स्रोतले पुष्टि गरेको हो । स्रोतले भन्यो, ‘बुधबार राती यो दुर्घटना भएको हो । खेलौना खेलिरहेका बेला छोरीले प्लास्टिकको टुक्रा निलिन् जुन उनको घाँटीमा फसेको थियो । त्यसैकारण उनको मृत्यु भयो । खबर पाएलगत्तै उनी बिहिबार बिहान प्लेनमा घर गए । यो निकै दुर्भाग्यपूर्ण कुरा हो । प्रतिशले सबैलाई भारी मनले छोरीको मृत्युको जानकारी दिए र छोरीका लागि प्रार्थना गरिदिन भने ।’

प्यारका पापडबाहेक प्रतिश तारक मेहताका उल्टा चश्मा र क्राइम पेट्रोलमा पनि काम गरिसकेका छन् ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्