ब्राजिलका पूर्व राष्ट्रपति मिसेलले गरे आत्मसमर्पण


 


एजेन्सी : भ्रष्टाचार सहितका अभियोग लागेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । प्रहरीले उनलाई साओ पाउलोस्थित संघीय प्रहरीको हिरासतमा राखेको छ ।

पूर्व राष्ट्रपति मिसेल टेमेअर गत मार्च महिनामा पनि चार दिन हिरासतमा राखिएका थिए । तर उनले हालेको बन्दी प्रत्यक्षीकरण रिट जारी भएपछि उनी हिरासत मुक्त भएका हुन् । बुधवार एउटा अदालतले उनलाई पुनः जेल चलान गर्न आदेश दिएको थियो ।

उक्त न्यायिक आदेशको पालना गर्दै पूर्व राष्ट्रपति टेमेअरले स्वेच्छिक रूपमा आफूलाई अधिकारीहरू समक्ष प्रस्तुत गरेका हुन् । उनको कार्यकाल गत वर्षको अन्त्यमा सकिएको थियो । उनीविरूद्ध भ्रष्टाचार गरेको, घुस लिएको र आपराधिक सङ्गठनको नेतृत्व गरेको जस्ता कैयौँ अभियोग सहित छवटा दण्डनीय मुद्दा छन् ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्