श्रममन्त्री गोकर्ण विष्ट एक्सनमा, चिया मजदुरको तलब दुई दिनभित्र दिन निर्देशन


 


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई दिनभित्र चिया मजदुरलाई न्यूनतम तलब दिन उद्योगीलाई निर्देशन दिएका छन् । नदिए कारबाही गर्ने चेतावनी उनको छ ।

मन्त्रालयमा बिहीबार चिया उद्योगी, ट्रेड युनियनसहितको बैठकमा विष्टले न्यूनतम तलब नदिने चिया उद्योगीमाथि कारबाही गर्ने बताएका हुन् ।

‘जसले न्यूनतम तलब दिँदा उद्योग चलाउन सक्दिनँ भन्नुहुन्छ, उहाँहरुले आइतबारसम्म मन्त्रालयमा लिखित निवेदन दिनुहोस्,’ उनले भने, ‘न्यूनतम तलब कुनै हालतमा उद्योगीको मागसँग सर्त हुन सक्दैन । नदिनेलाई कानुनी कारबाही गर्छु ।’ –कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्