ओलीले ‘सरी’ भने काँग्रेस सरकारसँग खुसी हुने !


 


काठमाण्डौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले जे काम पनि जबर्जस्ती गरिरहेको टिप्पणी गरेका छन् । राष्ट्रिय जागरण अभियानअन्तर्गतको प्रदेश नम्बर–२ का महिलाका लागि वीरगञ्जको नगरसभा गृहमा आयोजित दुई दिने प्रशिक्षण उदघाटन समारोहमा देउवाले प्रतिपक्षले विरोध गर्दागर्दै सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित गरिएको बताए ।

‘मुलुकको इतिहासमा यस्तो किसिमको जबर्जस्ती कहिल्यै भएको थिएन’, उनले भने । सभापति देउवाले संसदमा प्रधानमन्त्रीले जथाभावी बोल्ने गरेको बताए ।

‘बोल्दा गल्ती हुन्छ, सरी भन्न सकिन्छ तर त्यो पनि छैन । यो तानाशाही प्रवृत्ति हो । सभामुख सुनेर बस्छन् । कस्तो डरपोक सभामुख हो’, उनले भने । अहिले प्रजातन्त्र संकटमा परेको उल्लेख गर्दै देउवाले प्रजातन्त्रको मर्म जोगाउन सबै एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्