प्रचण्डले पत्नी सितासँग पुनः विवाह किन गरे ?


 


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र सिता दाहालले विवाहको ५० औं वर्ष पुगेको अवसरमा पुनःविवाह गरेका छन् । पत्नी सिताको स्वास्थ्य अवस्था बिग्रदै गएकाले उनलाई मनोवैज्ञानिक रुपमा उपचार गर्न परिवारको आग्रह अनुसार अध्यक्ष दाहालले पुनः विवाह गरेका हुन् ।

ललितपुरको सुनाकोठीस्थिति एक निजी घरमा ५० औं वैवाहिक वार्षिकोत्सव कार्यक्रम गरिएको थियो । वर्षगाँठमा पुष्पकमल र सिता दाहाल दुवै दुबोको मालामा सजिएपनि दुवैको अनुहारमा खुसीयाली थिएन । पछिल्ला दिनहरु पत्नी सिताको स्वास्थ्य अवस्थाका कारण दाहाल चिन्तित छन् ।

वैवाहिक माहौल बनाउन पञ्चैबाजा व्यवस्था गरिएको थियो । भने, ‘सहयात्राको ५० वर्ष’ लेखिएका ब्यानर सजाइएको थियो । उक्त अवसरमा ५० वर्ष उल्लेख गरेको केक काटिएको थियो ।

बैवाहिक वार्षिकोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्रीहरु ईश्वर पोखरेल, उपेन्द्र यादव लगायत सरकारका अन्य मन्त्रीहरु सहभागी थिए । नेकपाका स्थायी समिति र केन्द्रीय समितिमा रहेका नेता, व्यापारी, व्यवसायीहरुको उल्लेख्य सहभागिता थियो ।

पुष्पकमल र सिता दाहालको २०२६ बैशाख २६ मा विवाहको थियो । पन्ध्र वर्षको उमेरमा पुष्पकमलले सितासँग मागी विवाह गरेका थिए । दाहाल अहिले ६५ वर्षका भए । सितालाई ’प्रोग्रेसिभ सुरान्यूक्लियर पाल्सी (पिएसपी) भन्ने रोग लागेको छ । पूर्ण रुपमा निको नहुने रोग भएकाले बढ्न नदिन विभिन्न थेरापी गर्नुपर्छ । खुसी बनाउने एक प्रकारको थेरापीकै रुपमा वैवाहिक वर्षगाँठ कार्यक्रम गरिएको परिवारले जनाएको छ ।

कार्यक्रममा आएका पाहुनालाई संवोधन गर्दै नेकपाका अध्यक्ष दाहालले सितासँग ५० औं वर्षगाँठ मनाउनु आफ्नो रहर नभइ पारिवारिक बाध्यता भएको बताएका थिए ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्