विकाशप्रेमी सांसद् कुलप्रसाद साम्बा


 


उर्लाबारी । मोरङ क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेश सांसद् कुलप्रसाद साम्बा (कुशल) विकाशप्रेमी सांसद्का रुपमा चिनिन्छन् । आफ्नो निर्वाचन क्षेत्रमा हुने अधिंकाश कार्यक्रममा सहभागी हुँदै आएका प्रदेश सांसद् साम्बा निर्वाचित भएदेखी नै यस क्षेत्रको विकाश निर्माण र स्थानीयको समस्या समाधानमा लागिपरेका छन् ।

सांसद् साम्बा आफ्नो निर्वाचन क्षेत्रको साना होस् वा ठुला सबै समस्यालाई प्रदेशसभा बैठकमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । सो क्षेत्रबाट अत्याधिक मत ल्याएर निर्वाचित भएका सांसद् साम्बा आफुले जनतासामु गरेका बाचाहरुलाई कुनै हालतमा नबिर्सिएको बताउँछन् । उनी भन्छन् – जनतासामु गरेका बाचा र चुनावी प्रतिबद्धता मैले बिर्सिएको छैन, स्थानीय तहसँगको समन्वय र सहकार्यमा विकाश निर्माणले अब गति लिन सुरु गरिसकेको छ ।

उनको निर्वाचन क्षेत्र अन्र्तगत पर्ने उर्लाबारी र मिक्लाजुङको सिमामा पर्ने मिक्लु खोलामा पुल निर्माण सुरु भईसकेको छ भने उर्लाबारी – टाँडी – रमिते सडक खण्ड कालोपत्रका लागि ठेक्का लाग्ने पक्रियामा रहेको छ । यी दुई आयोजना सम्पन्न भएर उत्तरी मोरङको मुहार फेरिने देखिएको छ ।

यस्तै बक्राहा र मावा खोला नियन्त्रण, सडक ग्राभेल, धामको विकाश, सामुदायिक भवन निर्माण, सामुदायिक क्याम्पस लगायतको विकाशका लागि निर्वाचन क्षेत्र विकाश कार्यक्रम मार्फत बजेट बिनियोजन गरेका छन् । अन्य : थुप्रै साना ठुला विकाश निर्माणका क्षेत्रमा प्रदेश सांसद् साम्बा लागिपरेका छन् । प्रदेश सांसद् साम्बा आफ्नो निर्वाचन क्षेत्रमा दुखमा परेका जनताको घरमा पुगेकै हुन्छन् । आफ्नो क्षेत्रमा शोकमा परेका परिवारलाई सहानुभुति र श्रदाञ्जली पर्कट गर्न सांसद् साम्बा पुगेकै हुन्छन् ।

गत माघ २० गते सुरु भई वैशाख २३ गते सम्पन्न भएको प्रदेशसभा अधिवेशनमा सांसद् साम्बाले छपटकसम्म बोलेका छन् । नागरिकका समस्या, गुनासा सदनमा राख्दै सरकारसम्म पुर्‍याउनु र कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्नु सांसदहरूको जिम्मेवारी हो।

प्रदेश सांसद् साम्बाले चर्चित ३३ केजी सुन काण्डदेखी अबैध रुपमा खोलाजन्य पदार्थ निकासी र उर्लाबारीमा सञ्चालनमा रहेका मापदण्ड बिपरितका क्रसरका विषयमा संसद्मा आवाज उठाएका थिए । यस्तै उत्तरी मोरङका जनताहरुको समस्यादेखी विविध विषयमा संसद्मा आवाज उठाएका छन् । प्रदेश सांसद् साम्बाले प्रदेशसभा बैठकमा उठाएका यि विषयले स्थानीयदेखी राष्ट्रियस्तरसम्म चर्चा समेत पाएको थियो । साम्बा मोरङमा मापदण्ड बिपरित संचालनमा रहेका क्रसरलाई बन्द गर्न प्रदेशसभा बैठकमा पहिलो पटक कुरा उठाउने सांसद् समेत हुन् ।

प्रकाशित मिति: २६ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्