प्रचण्डको ५०औं वर्षगाँठ यस्तो देखियो (भिडियो) सहित


 


काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ५०औं वैवाहिक वर्षगाँठको दृश्य रोचक देखियो । पारिवारिक रुपमा आयोजना गरिएको वर्षगाँठ कार्यक्रममा ठूलो भीड लागेको छ । प्रचण्ड निवास खुमलटारमा आयोजित ५०औं वर्षगाँठ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, मन्त्रीहरु, नेकपाका नेताहरु र प्रमुख प्रतिपक्षी दलका नेताहरु पुगेका छन् । हिन्दु संस्कारअनुसार ५०औं वर्षगाँठको कार्यक्रम गरिएको हो ।

प्रचण्ड पत्नी सीता, छोरा प्रकाशको निधनपछि बिरामी छन् । बिहिवारको कार्यक्रममा समेत उनी मञ्चमा सिरानीको आड लागेर बसेकी थिइन् । उनको स्वास्थ्य अझै सुधार हुन सकेको छैन् । उनको अहिले पनि उपचार चलिरहेको छ ।

बिरामी पत्नीको चाहना अनुसार प्रचण्डले औपचारिक कार्यक्रम गरेको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २६ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्