काँग्रेसको जागरण कार्यक्रमस्थलमै कुटाकुट, तरुण दलका एक कार्यकर्ता घाइते


 


सिन्धुपाल्चोक । कांग्रेसको जागरण अभियान उद्घाटनका क्रममा झडप हुँदा सिन्धुपाल्चोकमा तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् ।पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकको कार्यक्रमस्थलमै कुटाकुट हुँदा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । कांग्रेस २ नम्बर क्षेत्रीय समापति नवराज भट्टराईका अनुसार, उनको टाउकोमा चोट लागेको छ ।

जागरण अभियान उद्घाटन सत्रको सुरुमै मन्तव्य राखेका देउवमा पक्षधर हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले पार्टी जिल्ला सभापति विकास लामाले सामूहिक नेतृत्वमा अघि बढ्नुपर्नेमा एकलौटी पार्टी चलाएको आरोप लगाएका थिए ।

श्रेष्ठ र नेपालपछि मञ्च पाएका जिल्ला सभापति लामाले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भएको र त्यसले झडपको रुप लिएको कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव बिलबहादुर तामाङले जानकारी दिए । साभार  : अनलाईन खबरबाट

 

प्रकाशित मिति: २६ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्