जथाभावी नबोल्न प्रधानमन्त्री ओलीलाई देउवाको चेतावनी


 


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुखको संज्ञा दिएका छन्।

सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय भाषालाई डिलिट गर्न आफ्नो पार्टीले पटक पटक आग्रह गर्दा पनि सभामुख महराले प्रधानमन्त्रीसँग डराएर सो काम गर्न नसकेको दावी गरे । सभापति देउवाले प्रधानमन्त्री केपी ओलीलाई जथाभावी नबोल्न पनि चेतावनी दिएका छन् ।

कम्युनिष्ट शासन आएकाले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा प्रस्तुत गरिएको सभापति देउवाको आरोप छ । सभापति देउवाले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरिरहेको दावी पनि गरे ।

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्