२५ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ


 


इलाम । इलाम नगरपालिका – ३ बस्ने २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका – २ बस्ने ३१ वर्षीय मन्जित राईलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई सोमबार दिउसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रक्सेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्