पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार, आकस्मिक अवतरण गर्न सकिने


 


पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ तयार भएको छ । निर्माण कार्य थालेको १५ महिनामा विमानस्थलको ‘रन वे’ तयार भएको हो ।

यतिबेला विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउनेलगायतका काम भइरहेको छ ।

विमानस्थलका वरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलका अनुसार विमानस्थलमा आकस्मिक ल्यान्ड गर्न सकिने छ । ‘आवश्यक परेमा विमानले आकस्मिक ल्याण्ड गर्न सक्छ,’ उनले भने । विमानस्थलको महत्वपूर्ण ३५ प्रतिशत काम सकिएको उनले जानकारी दिए ।

सन् २०१९ भित्र ६० प्रतिशत बढि काम सकिने पौडेलले जानकारी दिए । ‘सन् २०२० भित्र विमानस्थल निर्माणको सबै काम सकिन्छ,’ उनले भने, ‘त्यही अनुसार काम पनि भइरहेको छ ।’ विमानस्थलमा अहिले २ सय जना चिनिँया र २ सय ५० जना नेपाली गरि जम्मा ४ सय ५० जनाले नियमित रुपमा काम गरिरहेका छन् ।

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्