विवाहको दिन बेहुला नआएपछि बेहुलीको विचल्ली, प्रशासनमा हारगुहार


 


मोरङ । मोरङको रंगेली नगरपालिका ८ दर्बेशाका कमलप्रसाद साह हातमा छोरीको विहेको कार्ड लिएर न्याय खोज्दै प्रशासन र प्रहरी कार्यालय धाईरहेका छन् । डेढ लाख नगद र एउटा मोटरसाइकल दाइजोको नाममा लिइसकेका बेहुँला विवाहको दिन जन्ती लिएर नआएपछि उनी न्याय खोज्दै प्रहरी प्रशासन धाउन बाध्य भएका हुन ।

उनले छोरीको विहे विराटनगर महानगरपालिका १५ का अजयकुमार साहसँग वैशाख ८ गते गर्ने पक्का गरेका थिए । त्यसैअनुसार आफन्तहरुलाई निम्ता पनि गरेका थिए । विवाहको दिन उनी सबै तयारी गरी रातभर बेहुँला जन्तीको प्रतिक्षामा बसे तर कोही आएनन । उनको डेढ लाख र मोटरसाईकल फर्काउन अहिले प्रहरी प्रशासन धाइरहेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकासित भएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्