यी हुन् बालुवाटार खाने तीन भूमाफिया !


 


काठमाण्डौँ । बालुवाटारबाट व्यक्तिका नाममा गएकामध्ये करिब २५ रोपनी जग्गा तीन परिवारका नाममा सीमित रहेको पाइएको छ ।
भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाडभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरुका परिवारका नाममा झण्डै २५ रोपनी जग्गा देखिएको हो ।

गुरुङले आफ्नो कम्पनी तथा परिवारका नाममा समेत जग्गा खरिद गरेका छन् । ‘करिब ६० कित्ता जग्गा उनीहरुले आफ्नो उनीहरुका सदस्य र सामूहिक स्वामित्वमा खरिद गरेको देखिन्छ’, भूमि व्यवस्थापन विभाग स्रोतले भन्यो, ‘उनीहरुले आफ्नो नाममा ल्याएर बेचेको जग्गाको हिसाबकिताब यसमा छैन । त्यो समेत जोड्ने हो भने अझै बढी जग्गा आफ्नो पञ्जामा पारेको देखिन्छ ।’ मिसिल हेर्ने हो भने बालुवाटारको करिब सबैजसो किस्ता खरिदबिक्रीको ट्रयाक रेकर्डमा उनीहरुको नाम जोडिएको देखिन्छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्