उर्लाबारीमा बिद्यार्थी निर्घात कुटिए (हेर्नुहोस् भिडियो)


 


उर्लाबारी । मोरङको उर्लाबारी –६ मा रहेको राधिका माध्यमिक विद्यालयका शिक्षक चुडामणि ढकालले तीन जना विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।

मंगलबार शिक्षक ढकालले विद्यार्थी विषम खापुङ, आशिष पाण्डे लगायत विद्यार्थीलाई कुटपिट गरेका हुन् । लौरै लौरोले उनीहरुलाई निर्घात कुटेको भन्दै उर्लाबारी नगरपालिकामा विद्यार्थीहरु न्याय माग्दै आएपछि शिक्षक ढकालको कर्तुत सार्वजनिक भएको हो ।

उनले यसअघि पनि विद्यार्थीलाई कुटपिट गर्ने गरेको विद्यार्थीहरुले बताएका छन् । यता प्रधानाध्यापक कुमार पोख्रेलले आफू बाहिर कार्यक्रममा भएकाले विद्यार्थीमाथि कुटिएको बिषयमा छानविन गर्ने बताएका छन् । विद्यार्थीहरुले शिक्षक ढकाललाई कार्वाही गर्न उर्लाबारी नगरपालिकामा माग राखेका छन् ।

 

 

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्