प्रदेश सांसद् साम्बाद्धारा बौद्ध गुम्बाको अनुगमन


 


उर्लाबारी ।  मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा (कुशल) ले उर्लाबारी – ५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बाको अनुगमन गर्नुभएको छ ।

मंगलबार प्रदेश सांसद लिम्बूले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश नं. १ बाट विनियोजन भएको २० लाख रुपैयाँ बजेटको कामको अवस्थाका बारेमा अनुगमन गर्नुभएको हो । उर्लाबारी–५ मा रहेको गुम्बाको तेस्रो तल्लामा भवन निर्माण भइरहेको छ । उक्त वजेटबाट भवन निर्माण,रंगरोगन, मर्मत सम्भारलगायतका काम गरिने गुम्बाका अध्यक्ष महेन्द्रजंग तामाङले जानकारी दिनुभयो ।

धार्मिक पर्यटकीय क्षेत्रका रुपमा अघि बढाउन सक्रियपूर्वक लागि परेको उहाँले उल्लेख गर्नुभयो । प्रदेश सांसद लिम्बूले उर्लाबारीको गहनाको रुपमा रहेको गुम्बाको विकासमा आगामी दिनमा पनि प्रदेश सरकारबाट बजेट विनियोजन हुने बताउँदै पारदर्शी तरिकाले काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्