पतिकै अगाडि पत्नीमाथि बलात्कार गरेर भिडियो खिचे


 


एजेन्सी । ५ जना युवाको एक समूहले पतिलाई बन्धक बनाएर पत्नीमाथि बलात्कार गरेर भिडियो समेत खिचेको छ । उक्त भिडियो अहिले भाइरल बनिरहेको छ ।

यस्तो कूकर्म गर्नेमाथि कारबाही गर्नुको सट्टा प्रहरी पनि मुकदर्शक बनेको छ । यो घटना भारतीय राज्य राजस्थानअन्तर्गत अलवर जिल्लाको थानागाजी इलाकाको हो ।

घटना गत अप्रिल महिनाको २६ तारिखको हो । दिउँसो ३ बजे पति र पत्नी मोटरसाइकलमा लालवाडी गाउँबाट तालवृक्ष गइरहेका थिए । थानागाजी–अलवर बाइपास रोडमा ५ जना युवकले उनीहरुको अगाडि ल्याएर २ ओटा बाइक रोके ।

युवकहरुले दुवैजनालाई जबरजस्ती उठाएर सडकभन्दा केही पर लगे । त्यहाँ पतिमाथि कुटपिट गरेर उनलाई बन्धक बनाए । पतिलाई बन्धक बनाएपछि पाँचै जनालाई महिलामाथि सामूहिक बलात्कार गरे ।

उनीहरुले सामूहिक बलात्कारको भिडियो समेत बनाउन भ्याए । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा शेयर गरिएको छ ।
युवकको उमेर २०–२५ वर्ष भएको बताइएको छ ।

पीडित पक्षले मे ३ मा स्थानीय प्रहरीसमक्ष उजुरी दिएपनि प्रहरीले भने चुनावको कारण देखाउँदै घटनामाथि अनुसन्धान नगरेको जनाइएको छ ।

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्