आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिँदै


 


काठमाडौं आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले आज (मङ्गलबार) जवाफ दिँदैछन् ।

सकारकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गत बैशाख २० गते सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । नीति तथा कार्यक्रममाथि २२ गतेबाट संसदमा छलफल सुरु भएको हो ।

संसदमा भएको छलफलका क्रममा विभिन्न सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पास हुनेछ ।

संसद सचिवालयका अनुसार मङगलबार ११ बजेबाट बस्नै संसद बैठकमा प्रधानमन्त्री केपी ओलीले दिउँसो १ बजे जवाफ दिने कार्यक्रम तय भएको छ । त्यसअघि छलफल जारी रहनेछ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्षलगायत विपक्षीले कार्यक्रम सतही र पुरानै विषयबस्तु समेटेको निवन्ध भनेका छन् । नीति तथा कार्यक्रम पारित भएपछि सरकारलाई बजेट ल्याउने बाटो खुल्नेछ । आगामी जेठ १५ गते बजेट सार्वजनिक गर्ने योजना छ ।

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्