नेकपा नाम गरेको कमाउनिष्टहरु भ्रष्टचारले डुङ्डुङ्ती गनाउन थाले (भिडियो सहित)


 


काठमाडौं : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अवसरबादीहरु सत्तामा पुगेर भ्रष्टचारले डुङ्डुङ्ती गनाउन थालेको बताएका छन्।

कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित समाजवादी पार्टी नेपाल घोषणा सभालाई सम्बोधन गर्दै भट्टराईले भने अहिले पनि क्रान्तिकारी कित्ता हामीसंग छ । अवसरबादी कित्ता, प्रतिगामी कित्ता सत्तामा पुगेर जनता माथी शोषण दमन र भ्रष्ट्राचारीले डुङ्डुङ् गनाएर बसेका छन्।

नेकपा नाम गरेको कमाउनिष्टहरु कम्युनिष्टको खोल ओढेर कमाउनिष्ट भएको बताउदै उनीहरु पतनको दिशामा पुगेको र धीपधीप् बलेको दियो बनेको टिप्पणी गरेका छन्।

हेर्नुहोस सो कार्यक्रममा डा बाबुराम भट्टराईले गरेको सम्बोधन

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्