बजेटपछि ओली सरकारका मन्त्रीहरु हेरफेर हुने, लिष्ट तयार


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः मन्त्रीहरु हेरफेर गर्न तयार भएका छन् । आइतबार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा करिब करिब मन्त्रीहरु हेरफेर गर्नेबारे सहमति भएको स्रोतको दाबी छ ।

आर्थिक वर्ष २०७६–७७ को बजेट ल्याएपछि मन्त्रिमण्डल हेरफेर हुने नेकपाका स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले जानकारी दिए । उनकाअनुसार अध्यक्षद्धयबीच भएको छलफलमा यस विषयमा हिजै छलफल तथा सहमति भैसकेको छ । को को मन्त्री बनाउने र अहिले भएका क–कसलाई फिर्ता बोलाउने भन्नेबारे पनि गहिरो छलफल भएको स्रोतको दाबी छ ।

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्