आज २०७६ बैशाख २४ गते मंगलबारको राशिफल हेर्नुहोस्


 


२०७६, वैशाख २४ गते मंगलबार

मेष : दिन उत्तम रहनेछ । खानपानका विशेष परिकरहरु मिल्नेछ । अर्थोपार्जन हुनेछ । बोलीमा प्रभाव बढ्नेछ ।वृष : दिन भाग्योदयकारक रहनेछ । सरकारी सेवाबाट लाभ मिल्नेछ । आपसी सम्बन्धमा विश्वास बढ्नेछ । उच्चस्तरीय भेटघाट हुनेछ ।

मिथुन : दिन प्रतिकूल हनेछ । खर्चको मात्रा बढ्नेछ । साथीभाइ बीचमा खटपट हुनसक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

कर्कट : दिन सन्तोषजनक रहनेछ । आयआर्जनको नयाँ स्रोत खुल्नेछ । थोरै परिश्रमले धेरै उपलब्धि हासिल गर्न सकिनेछ । विद्याबुद्धि बढ्नेछ ।

सिंह : दिन उत्तम रहनेछ । आँटे ताकेको काम सहज रूपमा सम्पन्न हुनेछ । शत्रु परास्त हुनेछन् । शारीरिक उर्जा थपिनेछ ।

कन्या : दिन ठिक रहनेछ । धार्मिक क्षेत्रमा आस्था निकै बढ्नेछ । स्वास्थ्य सबल रहनेछ । सहयोग पाइनेछ । दानपुण्यले मन प्रसन्न हुनेछ ।

तुला : दिन प्रतिकूल रहनेछ । मन खिन्न हुनसक्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । साथीभाइमा मन मुटाव हुनसक्छ ।

वृश्चिक : दिन अत्युत्तम रहनेछ । सन्तान सुख मिल्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । पारवहन सम्बन्धी काम हुनेछ । प्रियजन भेटिनेछन् ।

धनु : दिन उत्तम रहनेछ । शरीरमा स्फूर्ति छाउनेछ । शत्रु परास्त हुनेछन् । दीर्घकालीन कार्ययोजना तय हुनेछ । आटेको काम बन्नेछ ।

मकर : दिन सार्थक रहनेछ । मनमा चिन्ता कम हुनेछ । बौद्धिक कार्यतर्फ रुचि बढ्नेछ । अरुबाट सहयोग पाइनेछ । शरीर तन्दुरुस्त हुनेछ ।

कुम्भ : दिन प्रतिकूल रहनेछ । मनमा दुविधा बढ्न सक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ ।

मीन : दिन उत्तम खालको रहनेछ । उपयुक्त कार्यशैली र निर्णय गरिनेछ । मुख्य काम गरिनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्