भारत आँफैले थाल्यो रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन


 


काठमाडौँ । केरुङदेखि काठमाडौँसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन थालेका छन् ।

काठमाडौँसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने सपना पूरा हुन सक्ने अपेक्षा गरेका छन् । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे चिनियाँ पक्षसँग छलफल जारी रहेको बेला भारतीय अधिकारीहरुले रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि अध्ययन सुरु गरेको बताएको खबर आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति: २३ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्